वि.सं:
नेपाल संवत: ११४६ थिंलागा नवमी - २४
संघीयताको मूल मर्म राज्यशक्तिको स्रोतको रुपमा रहेको सार्वभौम नागरिकको निकटतम विन्दुबाट शासन सञ्चालन गर्दै सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नु रहेको छ । यसका लागि राज्यको स्रोत, साधन, कार्यजिम्मेवारी र शासन संरचना (Fund, Function and Functionaries) लाई विभिन्न तहका शासकीय एकाईमा बाँडफाँड गर्ने गरिन्छ । संघीयताको राजनीतिक, वित्तीय र प्रशासनिक आयामलाई सन्तुलित र मजबुत बनाउने सन्दर्भमा संघीयतालाई सारभूत रुपमा सफल बनाउन प्रशासनिक संघीयताको कार्यान्वयन अन्तर्गत मिति २०७६/१०/०१ गते यस प्रदेश लेखा इकाई कार्यालयको स्थापना भएको हो ।