प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

परिचय

प्रदेश लेखा इकाई कार्यालय उदयपुर जिल्लास्थित प्रदेश सरकारको संचित कोष सञ्चालन गर्ने जिम्मेवार निकाय हो । प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रतिनिधीको रुपमा रहेको यस कार्यालयको स्थापना २०७६ साल माघ १ गते भएको हो । यस कार्यालयले प्रदेश सरकार अन्तर्गतका जिल्ला स्थित कार्यालयहरुको बजेट खर्च निकासा तथा कानून बमोजिमका अन्य कोषहरु सञ्चालन गर्नुका साथै सोको आन्तरिक लेखापरीक्षण गरी प्रतिवेदन गर्दछ । सालबसाली विनियोजन ऐन बमोजिम अन्तरसरकारी वित्त हस्तान्तरण, हिसाव भिडान तथा जिल्लागत वित्तीय विवरण तयार गरी सोको प्रतिवेदन प्रदेश लेखा नियन्त्रक कार्यालय मा पठाउने गर्दछ ।

कार्यालय रहेको स्थानः बोक्से, उदयपुर